ईदको शुभकामनासंगै भोट

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 990
1 मि. पढ्न लाग्ने समय

बीरगंज– बीरगंज महानगरपालिकाको मेयर पदका उम्मेदवार राजेशमान सिंहले ईस्लाम धर्मावलम्बीहरुको पर्व ईदको अवसरमा विभिन्न स्थान पुगेर शुभकामना आदान प्रदानसंगै भोट मागेका छन ।

जनता समाजवादी पार्टी नेपाल, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको लागि बीरगंज महानगरपालिकामा मेयर पदका साझा उम्मेदवार सिंहले महानगरपालिकाको विभिन्न वडामा पुगेर रमदान रमजान महिना सकिएको खुसियाली मनाइने ईदको अवसरमा स्थानीयहरुसँग भेटघाट गरी शुभकामान साटासाट गर्दै भोट मागेका हुन ।

सिंह बीरगंज महानगरपालिकामा वडा नम्बर १४ पिपरा, वडा नम्बर १७ अलौं, वडा नम्बर २४ रामगढवा, वडा नम्बर २२ जगरनाथपुरमा पुगेर स्थानीयहरुसँग भेटघाट गर्दै शुभकामना साटासाट गर्दै आफ्नो टिमलाई जिताउन आग्रह गरेका हुन ।

ईद पर्वले समाजमा प्रेम र विश्वास बढाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताउँदै सिंहले सबै जातीय, धार्मिक तथा वर्गीय समुदायले एकअर्कासँग मिलेर एकअर्काको पर्वमा खुसियाली मनाउनु पर्नेमा जोड दिए ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस