सातामा दुई दिन विदा दिने सरकारको निर्णय

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

काठमाण्डौं– सातामा एक दिन दिईदै आएको सार्वजनिक विदालाई बढाएर सरकारले दुई दिन पुर्याएको छ ।

बढदो ईन्धन खपत घटाउन सरकारले जेठ १ गते देखि लागु हुने गरी साताको २ दिन बिदा दिने निर्णय गरेको हो ।

अब साताको दुई दिन शनिवार र आईतवार विदा दिने निर्णय भएको सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिएका छन ।

उनका अनुसार, सरकारले जेठ १ देखि नै लागू हुने गरी कार्यालय खुल्ने समय समेत परिवर्तन गरिएको छ । बिहान साढे १० बजे देखी संचालन हुदै आएका कार्यालयहरु बिहान साढे ९ बजे देखी साँझ साढे ५ बजेसम्म खुल्ने समय सिमा निर्धारण गरिएको छ ।

सरकारको मन्त्रीपरिषदले गरेको विदाको निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै सडक जाम लगायतका समस्यामा कमी आउने विश्वास लिईएको छ ।

सरकारले गरेको निर्णय अहिले परिक्षणको क्रममा रहेको मन्त्री कार्कीले जानकारी दिए ।

यो लेख शेयर गर्नुहोस