बारा– स्थानीय तह निर्वाचनका लागि दर्ता भएको मनोनयन विरुद्ध परेको उजुरीमा निर्वाचन आयोगले बुधवार देखी छानबीन सुरु भएको छ ।
आयोगले आइतबार र सोमबार मनोनयन दर्ता गराएका उम्मेदवार विरुद्ध उजुरी दिन मंगलवार आह्वान गरेको थियो । उम्मेदवारहरु विरुद्ध प्राप्त उजुरी माथि बुधवार देखी छानबीन सुरु गरिएको आयोगले जनाएको छ ।
तोकिएको समय सिमा भित्र छानबीन सकेर बिहीबार उम्मेदवारको नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
१६ वैशाखमा उम्मेदवारले नाम फिर्ता लिने र उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन हुने जनाईएको छ ।
उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि मात्र बैशाख १७ गते उम्मेदवाहरुलाई चुनाव चिन्ह प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
देशै भरमा रहेको कुल ७ सय ५३ स्थानीय तहको लागी ३५ हजार २ सय २१ जनप्रतिनिधी निर्वाचित गर्न बैशाख ३० गते निर्वाचन हुन लागेको हो ।
ती पदका लागि कांग्रेस, एमालेले, जसपा, लोसपा, माओवादी, एकिकृत समाजवादी लगायतका राजिनीतिक दल तथा स्वतन्त्र गरी डेढ लाख मानिसले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ ।