तामागढी वन क्षेत्रको जंगलमा पुरुषको शव फेला

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको कोल्हवी नगरपालिका २ तामागढी साझेदारी वन क्षेत्रमा एक पुरुषको शव फेला परेको छ ।

पहिचान खुल्न नसकेको करीब ५० वर्षिय पुरुषको शव सडक भन्दा करीब ५० मिटर भित्रको जंगलमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

मृतकको शव परिक्षणको लागी कलैया अस्पतालमा ल्याईएको र उनको पहिचान खुलाउने प्रयास भईरहेको प्रहरीले जनाएको छ ।

उनको के कारणले मृत्यु भएको हो खुल्न नसकेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , , , ,
यो लेख शेयर गर्नुहोस