सिमरामा छतबाट खसेर नबालिकाको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.5k
1 मि. पढ्न लाग्ने समय
Bloody hand at an accident scene pavement.

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका २ सिमरा स्थित अलपाईन अस्पताल नजिकै रहेको चार तल्ले छतबाट खसेर एक नबालिकाको मृत्यु भएको छ ।

छतबाट खसेर गम्भीर घाईते भएकी राजिव रंजन श्रीवास्तवकी छोरी ४ वर्षिया अनु श्रीवास्तवको उपचारको क्रममा आईतवार राती बीरगंजमा मृत्यु भएको हो ।

आफ्नै घरको छतमा खेल्ने क्रममा आईतवार नबालिका अनु लडेर गम्भिर घाईते भएकी थिईन । स्थानीय तथा आफन्तको सहयोगमा उद्धार गरिएकी गम्भिर घाईते नबालिकालाई उपचारको लागी अल्पाईन अस्पतालमा पुर्याईएको थियो ।

टाउको लगायत शरीरको विभिन्न भागमा गम्भिर घाउ चोट लागेकी ती नबालिकालाई सिमरामा उपचार सम्भव नभएपछि थप उपचारको लागी बीरगंज स्थित वयोध अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मृत्यु भएको र मृतकको शव परिक्षणको लागी नारायणी अस्पताल बीरगंजमा राखिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

अभिभावकले छतमा बालबालिकालाई खेल्न छोड्दा र निगरानी नगर्दा यस्ता घटना दोहोरिने गरेको प्रहरी अधिकारीहरुको भनाई छ ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस