ओभरटेक गर्दा मोटरसाईकल दुर्घटना, तीनको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 968
1 मि. पढ्न लाग्ने समय

सप्तरी– पुर्व–पश्चिम हुलाकी राजमार्ग अन्तर्गत सप्तरीको राजगढ गाउँपालिका–५ मलेकपुरमा शनिवार बिहान भएको मोटरसाईकल दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हनुमाननगर कंकालिनी नगरपालिका–३ बस्ने ३० वर्षीय पप्पु यादव, सोही ठाउँका २६ वर्षीय सन्दीप यादव र बुच्चु भनिने २५ वर्षका रञ्जीत यादव रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी दुबै मोटरसाईकलमा सवार तीनै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

भारदहबाट पथरगाडा तर्फ जन्तीमा हिडेको प्रदेश १–०२४१ प २२९६ नम्बरको मोटरसाइकल र प्रदेश १ –०२०४१ प ९५२४ नम्बरको मोटरसाइकल ओभरटेक गर्ने क्रममा दुबै मोटरसाईकल एकापसमा ठोकिदा उक्त दुर्घटना भएको हो ।

मृतकको शव परीक्षणको लागी प्रादेशिक अस्पतालमा ल्याईएको र दुर्घटनामा संलग्न दुबै मोटरसाईकललाई नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान सुरु गरिएको सप्तरी प्रहरीले जनाएको छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस