बारामा मोटरसाईकल दुर्घटना, चालकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2k
1 मि. पढ्न लाग्ने समय

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिका २ मुसरी माई मन्दिर नजिकै बिहिवार भएको दुर्घटनामा परी मोटरसाईकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बीरगंज महानगरपालिका ३१ सोलकपुर बस्ने ३२ वर्षिय रमेश चौलागाई रहेका छन ।

तिब्र गतिमा गुडाईएको ना १९ प ८८१८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडक छेउकै विद्युतिय पोलमा ठोकिएर दुर्घटनाग्रस्त हुदा मोटरसाईकल चालक चौलागाई गम्भिर घाईते भएका थिए ।

स्थानीय वासिन्दा तथा प्रहरीको सहयोगमा घाईते चौलागाईलाई उद्धार गरी उपचारको लागी सिमरा स्थित अल्पाईन अस्पतालमा भर्ना गरिएको थियो ।

गम्भिर घाईते चौलागाईको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए ।

मृतकको शव परिक्षण पछि अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईएको र दुर्घटनामा संलग्न मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय सिमराले नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरीरहेको उनले जानकारी दिए ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस