बारा– एमाले, माओवादी र लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरी बाराको देवताल गाउपालिकाका प्रभावशाली नेताहरु सहित एक सय जना भन्दा बढी नेता कार्याकर्ता बिहिवार जनतता समाजवादी पार्टीमा प्रवेश गरेका छन ।
२०७४ को निर्वाचनमा एमालेको टिकटमा प्रदेश सभासदस्य २ (ख) बाट चुनाव लडेका देवतालका प्रभावशाली नेता रामसागर प्रसाद यादव, माओवादी केन्द्रबाट वडा नं. ७ का वडाध्यक्षका प्रत्याशी रामनारायण मण्डल, देवताल वडा नं. ५ का लोसपाका नेता घनश्याम यादवको नेतृत्वमा नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका हुन ।
जनकपुरमा आयोजित बृहत कार्यकर्ता भेलामा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले उनीहरुलाई अविर, माला लगाई पार्टीमा स्वागत गरेका थिए ।
पछिल्लो समय बारामा विभिन्न पार्टी परित्याग जसपामा प्रवेश गर्ने लहर अझै जारी रहेको जनता समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु प्रसाद यादवले जानकारी दिए ।