बारामा मुख्य निर्वाचन अधिकृतकाे कार्यालय संचालन

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.2k
1 मि. पढ्न लाग्ने समय

बारा- स्थानीय तहकाे निर्वाचन नजिकिएसंगै बारामा निर्वाचन अायाेगले अाफ्नाे गतिवधी तीब्र बनाएकाे छ । निर्वाचनकाे गितिवधी संचालन गर्न अायाेगले बिहिवार देखि सदरमुकाम कलैया स्थित जिल्ला समन्वय समिति बाराको कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय संचालनमा ल्याएकाे छ ।

प्रमुख जिल्ला निर्वाचन अधिकृत खिलनाथ रेग्मिले एक समारोहका बिच उदघाटन गरेपछि कार्यालय विधिवत संचालनमा अाएकाे हाे । यसरी नै बाराका 16 वटै पालिकामा बिहिवार नै निर्वाचन अधिकृतकाे कार्यालय उद्घाटन हुने जनाईएकाे छ । उक्त अवसरमा जिल्ला समन्वय समिती बाराका प्रमुख नवल किशोर सिंह, प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, जिल्ला निर्वाचन अधिकारी सरोज कुमार चौधरी, सुरक्षा निकायका प्रमुखहरु, राजनितीक दलका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

यो लेख शेयर गर्नुहोस