पेट्रोलको मुल्य घटेपनि डिजेल र हवाई ईन्धनको मुल्यमा वृद्धी

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1k
1 मि. पढ्न लाग्ने समय

काठमाण्डौं– भारतीय आयल कर्पोरेसन(आईओसी)ले नेपालमा पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार पेट्रोलको मुल्य घटेको छ । नयाँ मुल्यसूची अनुसार पेट्रोलको मुल्य घटे पनि डिजेल र हवाई ईन्धनको मुल्य बढेको छ ।

आईओसीले अप्रिल १६ मा पठाएको मूल्यसूची अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको नेपाल आयल निगमले जनाएको छ ।

पेट्रोलको मूल्य घटे पनि डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको आयल निगमका अधिकारीले जानकारी दिएका छन ।

यसअघि अप्रिल १ मा पनि आईओसीले मूल्यसूची पठाएको थियो ।मुल्यसूची फेरबदल भएपनि व्यापार घाटा कायमै रहेको आयल निगमका अधिकारीहरुको भनाई छ ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस