रौतहटमा म्याजिकको ठक्करबाट स्कुटी चालकको मृत्यु

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 695
1 मि. पढ्न लाग्ने समय

रौतहट– गौर–चन्द्रनिगाहपुर सडक खण्ड अन्र्तगत रौतहटको चन्द्रपुर नगरपालिका ८ बसन्तपुर म्याजिकको ठक्करबाट एक स्कुटी चालकको मृत्यु भएको छ ।

बिहिवार साझ भएको उक्त दुर्घटनामा एक साईकल चालक पनि घाईते भएका छन । डुमरियाबाट चन्द्रनिगाहपुर तर्फ तिब्र गतिमा जादै गरेको प्रदेश २–०३–००१ ज १९७ नम्बरको म्याजिकले विपरित दिशाबाट आउदै गरेको बा ४५ प २२४३ नम्बरको स्कुटी र साईकलाई ठक्कर दिदा उक्त दुर्घटना भएको हो ।

दुर्घटनामा परी स्कुटी चालक रौतहट बृन्दावन नगरपालिका ९ भुसाह बस्ने ६० वर्षिय जनहिर पासवानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

स्कुटीलाई ठक्कर दिएपछि अनियन्त्रित भएको म्याजिकले नजिकै रहेको एक साईकललाई ठक्कर दिएको थियो । म्याजिकको ठक्करबाट स्कुटी चालक पासवान र साईकल चालक रौतहट चन्द्रपुर नगरपालिका ८ बैजनाथपुर बस्ने १२ वर्षिय सुवोध चौधरी गम्भीर घाईते भएका थिए ।

घाईते दुबै जनालाई उपचारको लागी चन्द्रपुर प्रालि अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा साझ करीब ७ बजे स्कुटी चालक पासवानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा संलग्न म्याजिक र स्कुटी तथा साईकललाई ईलाका प्रहरी कार्यालय डुमरियाले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

 

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस