भारतको आन्ध्र प्रदेशमा आगलागी ६ को मृत्यु, १२ घाईते

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 2.3k
1 मि. पढ्न लाग्ने समय

दिल्ली– भारतको आन्ध्र प्रदेशमा रहेको एक रसायनिक कारखानामा आगलागी हुदा ६ जनाको मृत्यु भएको छ ।

सोही आगलागीमा परी १२ जना भन्दा बढी मानिसहरु घाईते भएका छन । जसमध्ये ४ जनाको अवस्था गम्भिर रहेको स्थानीय प्रहरीलाई उदृद् गर्दै भारतिय संचार माध्यमले जनाएका छन ।

घाईते सबैको विजयवाडा स्थित एक सरकारी अस्पतालमा उपचार भईरहेको भारतिय प्रहरीले जनाएको छ ।

नाइट्रिक एसिड, मोनोमेथिल चुहावट भएपछि पोलिमर पावर बनाउने संयन्त्रको रियाक्टरमा आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी अधिकारीले बताएका छन ।

थुप्रै कामदार आगलागीमा फसेका थिए तर सुरक्षाकर्मीको सहयोगमा उनीहरुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

यसैबीच आन्ध्र प्रदेशका मुख्यमन्त्री वाइएस जगनमोहन रेड्डीले ६ जनाको ज्यानै लिने गरी भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

उनले मृतक परिवारलाई २५ लाख, गम्भीर रुपमा घाइतेलाई पाँच लाख र सामान्य रुपमा घाइतेलाई दुई लाख रकम दिने घोषणा गरेका छन् ।

ट्याग्स : , , , , , ,
यो लेख शेयर गर्नुहोस