बारामा बँदेल मार्न ताकिएको बन्दुकले लियो युवक ज्यान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 858
2 मि. पढ्न लाग्ने समय

बारा– बाराको जितपुर सिमरा उपमहानगरपालिमा बँदेललाई मार्न ताकिएको बन्दुकबाट छुटेको गोली लागी बिहिवार बिहान स्थानीय एक युवकको ज्यान गएको छ ।

शिकार गर्ने क्रममा फायर गरिएको गोली लागी जितपुर सिमरा उपमहानगरपालिका १६ डकाहा २८ वर्षिय सागर सिंजाली मगरको ज्यान गएको हो ।

स्थानीय वासिन्दाका अनुसार, राती गाउका अन्य युवाहरुको समुहमा गाउ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका मगर शिकारीले चलाएको गोली लागी गम्भिर घाईते भएका थिए ।

घाईते मगरलाई स्थानीयको सहयोगमा उपचारको लागी बीरगंजस्थित वयोधा अस्पतालमा पुर्याईएको थियो । उपचारकै क्रममा बिहान मगरको मृत्यु भएको हो ।

स्थानीय वासिन्दाले मगर गाउकै अन्य युवाहरुसंग माछा मार्न रातीमा खोलामा पुगेको दाबी गरेका छन । खोलामा पानी खान आउने बँदेलको शिकार गर्न ताकेर राखिएको बन्दुकबाट छुटेको गोली लागी मगर गम्भिर घाईते भएका थए ।

मगर माछा मार्न गएका हुन कि शिकार खेल्न खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी राजेश थापाले जानकारी दिए । ‘घटनाको कारण अहिले सम्म पता लाग्न सकेको छैन,’ उनले भने, ‘ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेको छ ।’ घटनास्थमा पुगेको प्रहरी अधिकृत सहितको टोलीले घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।

मृतकको शव वयोधा अस्पतालमै राखिएको र शव परिक्षण पश्चात अन्तिम संस्कारको लागी आफन्तको जिम्मा लगाईने प्रहरीले जनाएको छ ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका १६ नम्बर वडामा वन क्षेत्र अतिक्रमण गरी बसेको पिलुवा, टांगियावस्ती, डकाहा लगायतका बस्ती बसेका छन ।

वन क्षेत्र नजिकैमा रहेका बस्तीका केही मानिसहरु घरेलु हातहतियार तथा भरुवा बन्दुकबाट वन्यजन्तुको चोरी शिकारी गर्दै आएको वनकर्मीको भनाई छ ।

उनीहरु यसरी नै रातको समयमा वन्यजन्तुको चोरी शिकारी तथा काठको चोरी तस्करी गर्ने गरेको वन अधिकारीहरुको भनाई छ । वन छेउका बस्तीका मानिसहरुले वन ऐन नियम विपरित क्रियाकलाप रातको समयमा गर्ने गरेको र राजनीतिक संरक्षण पाएका उनीहरुलाई नियन्त्रण गर्न समेत कठिनाई हुने गरेको वन रक्षकले गुनासो गरेका छन ।

ट्याग्स : , , , ,
यो लेख शेयर गर्नुहोस