बारा– जिल्लाको पचरौता नगरपालिका ९ कुडवामा बिहिवार राती भएको मोटरसाईकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने एक जना गम्भिर घाईते भएका छन ।
बाराको महागढीमाई नगरपालिकाको तेलकुवाबाट सिम्रौनगढ तर्फ जादै गरेको बि.आर.०५ ए.एस. ७५८६ नम्बरको भारतिय मोटरसाईकल अनियन्त्रित भई सडकबाट गण्डक नहरमा खस्दा मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका ९ बस्ने ६० वर्षिय रामजनम यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापाले जानकारी दिए ।
सोही दुर्घटनामा परी मोटरसाईकल चालक सिम्रौनगढ नगरपालिका ९ कै बिरेन्द्र यादव गम्भिर घाईते भएको उनले बताए ।
तिब्र गतिमा रहेको मोटरसाईकल आफै अनिअन्त्रित भई नहरमा खस्दा मोटरसाईकलमा सवार दुबै जना गम्भिर घाईते भएका थिए ।
घाईते दुबै जनालाई उद्धार गरी उपचारको लागी रोशन अली अस्पताल बीरगंजमा लगिएको थियो । त्याहा उपचार हुन नसकेपछि घाईते दुबैलाई थप उपचारको लागी नेशनल मेडिकल कलेज बीरगंजमा भर्ना गरिएको उनले जानकारी दिए ।
उपचारकै क्रममा रामजनमको गएराती नै रामजनमको मृत्यु भएको प्रहरीले जनाएको छ । हात, खुट्टा भाचिएका, छातीमा गम्भिर चोट लागेका अर्का घाईते बिरेन्द्रको उपचार भईरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा संलग्न मोटरसाईकल प्रहरी चौकी लंगडाको नियन्त्रणमा रहेको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।