रौतहट– रौतहटको यमुनामाई गाउपालिका २ भेडियाहीमा शुक्रवार दिउसो एक महिलाको शव फेला परेको छ ।
भेडियाही गाउ नजिकै रहेको लमहा खोलामा ती महिलाको शव फेला परेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी बरुण सिंहले जानकारी दिए ।
महिलाको शव नदीको बीच भागमा फेला परेको जानकारी स्थानीय वासिन्दाले दिएपछि प्रहरी टोली घटनास्थल तर्फ खटेको उनले जानकारी दिए ।
मृतकको पहिचान र मृत्युको कारण अहिले सम्म खुल्न नसकेको उनले जानकारी दिए । ईलाका प्रहरी कार्यालय गरुडाबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुगेर मृहलाको मृत्युको कारण र पहिचान खुलाउने प्रयास गरीरहेको उनले जानकारी दिए ।
पछिल्लो समय मधेश प्रदेशका जिल्लाहरुमा अपराधिक घटनामा अत्याधिक वृद्धी भएको प्रहरी तथ्यांकले देखाएको छ ।