बाराका कावरिया जनकपुर प्रस्थान

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 1.4k
1 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– माघ २० गते देखी सुरु भएको कावर यात्रामा सहभागी रहेका कावरियाहरु मंगलवार बाराको पिपराबाट जनकपुर प्रस्थान गरेका छन ।

बारा जिल्ला हजारी काफ्लामा अवद्ध करीब २ हजार कावरियाहरु धनुषा जिल्लामा रहेको जनकपुर र धनुषाको अवलोकन गर्न तिर्थ यात्रामा निस्किएका हुन ।
सनातन धर्मावलम्बीहरुको पवित्र तिर्थ स्थलमा यसरी नै बाराका कावरियाहरुले धार्मिक भ्रमण गर्ने गर्छन ।

झन्डै ४० वटा बसमा उनीहरु चढेर मंगलवार बिहान जनकपुर प्रस्थान गरेको हजारी काफलाका डिठा ईन्द्रदेव प्रसाद यादवले जानकारी दिए ।

कावरियाहरु योग धारण गरेर एक महिने योग यात्राको क्रममा नेपाल तथा भारतको तिर्थ यात्रा गर्दैै आएको उनले जानकारी दिए ।

‘धार्मिक स्थलको भ्रमण गरेर उनीहरु वागमतीमा जल भरेर पुनः पिपरा फर्किने छन,’ उनले भने, ‘त्यसपछि पुनः कावर बोकेर पैदल यात्रा सुरु गर्छन ।’ पैदल यात्रालाई बाराको चारकोशे झाडी काटघाट स्थित सहजनाथ महादेव मन्दिरमा जल रिसाल गरेर यात्रा समाप्त गर्ने उनले जनकारी दिए ।

उनका अनुसार, योग यात्रा निस्कनु अघि कम्तीमा ८ दिन सम्म योगाभ्यास कावरियाले गर्नु पर्छ । योगाभ्यासमा लागेका कावरियाहरु कलैया, उत्तरझिटकैया, औधापुर, आमवाटोला, ब्रम्हपुरी, विद्यानगर, दोहरी, प्रष्टोका, बंजरिया, बघवन, भावरा लगायतका गाउमा यसरी नै कावरियाहरु योगाभ्यास पुरा गरी २६ दिने पैदल यात्रामा निस्केका हुन ।

ट्याग्स : , , , , ,
यो लेख शेयर गर्नुहोस