पवन यादव
बारा– अभिभावक घरबाट बाहिर रहेको मौका छोपी छिमेकीले नै अपहरणको जालो बुनेको रहस्य खुलासा भएको छ ।
अपहरणमा परेको १० दिन पछि जैतापुरबाट फेला परेकी नाबालिकालाई प्रहरीमा ल्याएर सोधपुछ गर्दा घटनाको भित्री कुरा बाहिर हो ।
आफू र बालिकाकी आमा बीरगंजमा आफन्तको अष्टयाममा माघ १० गते गएको बेला छोरीलाई षडयन्त्र पुर्वक अपहरण भएको अभिभावकले जानकारी दिए ।
उनका अनुसार अपहरणको जालो बुनेका छिमेकीले माघ १० गते साझ ५ बजेको समयमा कलैया उपमहानगरपालिका ९ स्थित साथीको घरमा सिलाएको कपडा पु¥याउन गएकी छोरी अपहरणमा परेकी थिईन । छोरीको साथीले कपडा सिउनको लागि दिइएकी थिइन । सिलाइ भइसकेको कपडा लिएर छोरी आफनो साथीको घर पुगिन ।
तर छोरी राती ८ बजेसम्म घर नफर्केपछि छोराले राती साढे ८ बजेको समयमा छोरी घर नफर्केकी कुरा फोन मार्फत जानकारी गरायो । त्यसपछि ११ गते हामी विहानै घर आयौ । छोरीको बारेमा पत्ता लगाउन कपडा दिन गएको ठाउ“मा सोधखोज गर्यौ तर पत्ता लागेन । छोरीकी साथीले कपडा दिएर उनी तुरुन्तै घर फकिएकी जानकारी दिइन् ।
त्यसपछि आफना चिनजान र छोरीको साथीहरुसंग खोजी नीति गर्यौ तर छोरीको पत्तो लागेन । आखिरमा केही नचलेपछि प्रहरीमा खोज तलाश गर्न निवेदन दियौ । छोरीले पनि अपहरणकारीकै मोबाइलबाट पटक पटक फोन गरिन । उनी फोनमा रुने कराउने गर्थिन । म छोरीसंग कहा“ छौ भनेर यकिन गर्न खोजे तर छोरीले आफूलाई एउटा अन्ध्यारो कोठामा थुनेर राखेको कुरा बताईन ।
म हतास भए । कहिले प्रहरीमा त कहिले बेग्ला बेग्लै ठाउ“मा छोरीको खोजमा दौडिरहयौ । आखिरमा छोरीले फोन गर्ने मोबाइल नम्बर कसको हो भनि पत्ता लाग्यो । छोरी अपहरण गर्ने मानिस आफनै छिमेकी परे । छिमेकमा बसेकी हसिना खातुनको देवर अफरोज अंसारीले अपहरण गरेको खुलासा हुने वितिकै प्रहरीलाई यसको बारेमा जानकारी गरायौ ।
गाउ“टोलका मानिसहरुको सहयोगमा हसिना खातुनलाई आफनो देवर अंसारीलाई बोलाउन दबाब दियौ । उनी प्रहरीमा गएर सबै कुरा बताउने र देवरलाई बोलाउन तयार भईन । नभन्दै ११ गते राती अंसारीको भाउजू डेरा छाडेर बेपता भईन । त्यसपछि घरभेटीस“ग उनको ठेगाना माग्यौ । उनी बस्ने घर कोठामा एउटा समान थिएन । आखिरमा रातारात उनी सबै समान लिएर कहा“ बेपत्ता भईन । पत्तो लागेन । तर छोरी पटक पटक फोनमा सम्पर्कमा थिइन ।
म काठमाण्डौ पुगे त्यहा“ पनि पत्तो लागेन । त्यसपछि चितवनमा खोजी गर्यौ तर पत्तो लागेन । आखिरमा प्रहरीले गोर्खाको छेपेटार छोरीको लोकेशन ट्रेस भएको जानकारी गरायो । हामी त्यहा पनि पुग्यौ तर त्यहा पनि पत्तो लागेन ।
यसरी दिनहरु वितिरहे । छोरी अपहरणकारीको चंगुलमा भोगेको यातना तथा पिडाले छटपटिएकी थिइन । म कहिले यता कहिले उता । छोरीको खोज तलाशमा भौतारि रहे । मेरा भोक निन्द्रा सब हराएको थियो । प्रहरीले पनि सक्दो सहयोग गरेन ।
पत्रकारले छोरीको बारेमा प्रहरी कर्मचारीस“ग कुराकानी गरेका थिए ।
छोरीलाई अविलम्ब खोजविन गर्न उनले प्रहरी अधिकारीहरु माथि दबाब बनाएका थिए । त्यसपछि बल्ल माघ १९ गते बाराको जैतापुरमा छोरी फेला परिन । छोरी आएपछि उनको वेदना र रोदनले म छताछुल्ल भए । छोरीलाई अपहरण गरी ती पापीहरुले दिनहु“ बलात्कार गरेको थाहा पाएको उनले बताएका छन ।
अहिले पनि न्यायका लागि भौतारि रहेको छु । आफनो छोरीलाई न्याय दिलाएरै छोडछु । मेरो नाबालिका छोरीलाई अपहरण गरी बन्धक बनाई करणी गर्ने नरपिचासहरुलाई सजाय नदिलाएसम्म आफू नथाक्ने दृढ संकल्पका साथ अगाडी बढेको र यसमा समाज तथा कानूनले मलाई सहयोग गर्ने कुरामा आफू विश्वस्त रहेको उनले बताए ।
घटनाबारे जानकारी पाएपछि अभिभावकले पीडक रौतहट बगही वार्ड नम्बर ७ घर भई हाल कलैया उपमहानगरपालिका ४ मा डेरा गरी बस्ने २० वर्षिय अफरोज अंसारी समेत विरुद्ध प्रहरीमा जाहेरी दिएका थिए ।
निज अंसारीले घरबाट कपडा पु¥याउन मैदामील पुगेकी ती नबालिकाकालाई नजिकैको झाडीमा लगी २ पटक करणी गरेको खुलेको प्रहरी अधिकारीले बताएका छन ।
करणी पश्चात काठमाण्डौं पु¥याई दिने प्रलोभन देखाई अज्ञात स्थलमा पु¥याईएकी बालिकालाई कोठामा थुनेर पटक पटक करणी गरेको बालिकाले प्रहरीमा बयान दिएकी छिन ।
बालिकालाई जर्बजस्ती करणी गर्ने व्यक्तीलाई आवश्यक कानुनी कारवाहीको माग गर्दै बालिकाकी अभिभावकले प्रहरीमा किटानी जाहेरी दिएका हुन ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन् प्रहरी प्रशाससंग जोडदार माग गरेका छन ।