सिडिओ अफिस बारामा नागरिकता बनाउन आएका बाबुछोरा चार घण्टा थुनिए

गढी न्यूज
गढी न्यूज पाठक संख्या - 6.4k
4 मि. पढ्न लाग्ने समय

पवन यादव
बारा– नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बारामा आईपुगेका बाबुछोरा सोमवार कार्यालयका कर्मचारी तथा सुरक्षाकर्मीबाट कुटिएका छन ।

बारा महागढीमाई नगरपालिका २ बरियारपुर भंन्सिया टोलका जलन्धर यादव र उनका नबालिक छोरा सन्देश कुमार यादव कार्यालय परिसरमै कुटिएका हुन । कुटपिट पछि उनीहरुलाई विनाकारण ४ घण्टा प्रहरी हिरासतमा थुनिएको थियो ।

जिल्ला प्रशासन कार्यालयका कर्मचारीले लाईन कुरेर बसेका सेवाग्राहीको समयमा काम नगर्ने कर्मचारीको बदमासी विरुद्ध आवाज उठाउदा अनाहकमा कुटाई खानु परेको पीडित जलन्धरले बताए ।

छोरा सन्देश र छोरी शान्तीको नागरिकता बनाउन आउदा जिल्ला प्रशासन कार्यालयबाट २४ गतेको टोकन पाएको उनले बताए ।

२ घण्टा भन्दा बढी छोरी लाईनमा बसेकी थिईन । तर लाईनमा बसेको छोरीको काम नगरी पछाडी आएका व्यक्तीहरुको काम ती कर्मचारीले गरेको उनले आरोप लगाए ।

‘टोकन सिष्टम पालो पर्खेर बस्दा कर्मचारीले बदमासी गरेको देखियो,’ उनले भने, ‘कर्मचारीले टोकन सिष्टमको भ्यालु नै नगरी पालो मिचेर कर्मचारीले नजिकका व्यक्तीको काम गर्न थालेका थिए ।’ आखै अगाडी कर्मचारीले गरेको बदसमासी सह्न नसकेर यादव सहितका सेवाग्राहीले विरोध सुरु गरेका थिए । सेवाग्राहीको विरोधपछि आक्रोशित कम्युटर शाखाका कर्मचारीले २०/२५ जनाको नागरिकताको कार्ड बनाउने कागजपत्र बाहिर फालिदिएपछि विवादले उग्र रुप लिएको थियो ।

कर्मचारीले फालिदिएको कागजपत्र सुरक्षित पार्न केही बेर सेवाग्राहीको लुच्छाचुडी नै चलेको प्रत्यक्षदर्शीले बताए । त्यस क्रममा धेरै सेवाग्राहीको कागजपत्र च्यातिएको छ । फालिएको कागजपत्रहरु मध्ये आफ्ना छोराछोरी कागजपत्र संकलन गर्ने क्रममा प्रहरी तथा कर्मचारीले गालीगलौज तथा कुटपिट गर्दै आफुलाई नियन्त्रणमा लिएको पीडित जलन्धरले आरोप लगाएका छन ।

बाबुलाई प्रहरी तथा कर्मचारीले कुटेको देखेर छुटाउन गएका नबालिक छोरा सन्देशलाई पनि प्रहरीले कुटपिट गर्दै नियन्त्रणमा लिए ।

प्रहरीले दुबै जनालाई कुटपिट गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको कार्यकक्षमा पु¥याएको थियो ।

प्रमुख जिल्ला अधिकारीलाई आफुहरु दोषी नभएको भन्दै हारगुहार गर्दा पनि कुनै सुनुवाई नभएको पीडितले गुनासो गरेका छन ।

‘हाम्रो कुरा नै नसुनी सिडियो साहेबले थुन्ने आदेश दिएका थिए,’ जलन्धरले भने, ‘घटनाको जाचपडताल नै नगरी सिडिओ साहेबले थुन्न लाउनु भयो ।’ जिल्ला प्रशासन कार्यालयमा रहेको सिसी क्यामराबाट पनि को दोषी हो पता लाग्न सक्छ । घटना भएको समयको सिसी क्यामराको फुटिज हेरेर घटनाको निष्पक्ष छानबीन गरी दोषीलाई कारवाही गर्न उनले सरोकारवाला निकायसंग आग्रह गरे ।

दिउसो करीब एक बजे भएको घटनास्थलको फुटिजबाट को दोषी छन प्रष्ट हुने उनले जिकिर गरेका छन ।

सिडिओ साहेबको आदेशमा प्रहरीले ठुलो अपराधी जस्तै व्यवहार गरी आफुलाई दिउसो १ बजे देखी अपरान्ह ५ बजे सम्म जिल्ला प्रहरी कार्यालयको हिरासत कक्षमा थुनेर राखेको पीडितले आरोप लगाएका छन ।

महागढीमाई नगरपालिकाका चालक समेत रहेका यादवलाई प्रमुख प्रशासकिय अधिकृतले जिम्मा लिएर हिरासतमुक्त गराएका थिए ।

कार्यालयमा काम गरीरहेका कर्मचारीसंग दुव्र्यवहार गर्दै कार्यालयमै आगो लगाई दिने धम्की दिएपछि जलन्धरलाई नियन्त्रणमा लिईएको बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालले जानकारी दिए ।

‘कार्यलयमा हो हल्ला मच्चिएपछि स्थितीलाई शान्त पार्न यादवलाई नियन्त्रणमा लिईएको थियो,’ उनले भने, ‘यादवलाई थुनिएकै हो ।’ चालक यादवले कार्यालयको माहौल बिगार्ने काम गरेको उनले दाबी गरे । महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतकै जिम्मा लगाएर यादवलाई पठाईएको उनले बताए ।

यता महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले जिल्ला प्रशासन कार्यालयमा आएका सेवाग्राहीलाई कुटपिट गर्दै सिडिओको आदेशमा थाुनामा राख्नु आफत्तीजनक क्रियाकलाप भएको बताएका छन । नगरवासीलाई दुःख दिने जिल्ला प्रशासन कार्यालयमा भएको घटना प्रति आफ्नो गम्भर ध्यानाकर्षण भएको जनाउदै उनले दोषीलाई कारवाही हुनु पर्ने माग गरेका छन ।

यो लेख शेयर गर्नुहोस