
जनकपुरधाम- मधेस प्रदेशसभाका उपसभामुख बबिता राउतले मुख्यमन्त्री नियुक्ति विवादमा सर्वोच्चले जारी गरेको परमादेशको पत्र सोमबार राति नै प्रदेशसभा सचिवालयमा आइसकेको बताएकी छन् ।
उपसभामुख राउतले मुख्यमन्त्रीलाई २४ घण्टा भित्र विश्वासको मत लिन जारी गरेको परमादेशको पत्र सोमबार राति साढे ८ बजे प्रदेशसभा सचिवालयमा आई सकेको बताइन् । उपसभामुख राउतले भनिन् ‘प्रदेशसभा सचिवालयमा सर्वोच्चको पत्र आई सकेको छ, मुख्यमन्त्री कार्यालयको पत्रको प्रतीक्षामा हामी छौँ ।’
मुख्यमन्त्री कार्यालयबाट जति सक्दो चाँडै पत्र प्राप्त भए आफूहरू त्यही अनुसार प्रदेशसभा बैठक डाक्न तयार रहेको बताइन् ।

