झापा —जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै बिर्तामोडमा दीप प्रज्वलन गरिएको छ ।
जेन–जी युवा समूह झापाको आयोजनामा भएको कार्यक्रममा उपस्थित युवाले सहिदहरूको बलिदानी यसै खेर नजाने बताए ।
परिवर्तनका लागि आवाज बुलन्द बनाउँदा राज्यको दमनमा परि युवाहरूले ज्यान गुमाएको जनाउँदै उनीहरूले यो देशको ऐतिहासिक मोड भएको जनाए ।
विद्यालय पोसाकमा रहेका कल्कलाउँदा युवालाई अन्धाधुन्ध गोली हान्ने र आन्दोलनमा घुसपैठ गरी सरकारी तथा निजी सम्पत्तिमा लुटपाट मच्चाउनेलाई निष्पक्ष छानबिन गरी कडा कारबाही गरिनुपर्ने उनीहरूको माग थियो ।
जेन–जी आन्दोलनमा निधन भएका सहिदहरूको स्मरणमा आज देशभर शोक दिवस समेत मनाइएको छ । आन्दोलनका क्रममा झापामा मात्रै २ युवाले सहादत प्राप्त गरेका छन् ।